होम पेज » राष्ट्रिय » वीपी प्रतिष्ठानमा उपकुलपति गीरीको आशिर्वादमा इन्जिनियर मिश्रको फस्टाएको कमिशन खेल

उपकुलपति गीरीको इन्जिनियर मिश्र उपकुलपतिको नजिकको साथीको छोरा रहेको

जेष्ठ २७, २०७८ – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लाण्टमा फेरि पनि समस्या देखिएको छ । प्लाण्टको यौटा टावरबाट अक्सिजन ८०० लिटर प्रति मिनेट उत्पादन हुनु पर्नेमा उक्त उत्पादन क्षमता भन्दा न्युन अक्सिजन उत्पादन भइरहेको खुलासा भएको छ ।

प्रतिष्ठानको २ वटा अक्सिजन प्लाण्टमा १ वटा प्लाण्ट मात्र सञ्चालन भइरहेको छ । अर्को प्लाण्ट भने निकै लामो समय देखि विग्रीएर थन्किएर बसेको अवस्थामा छ । प्रतिष्ठानको अक्सिजन प्लाण्टबाट अक्सिजन नभएर उपकुलपति ज्ञानेन्द्र गीरी र इन्जिनियर राहुल मिश्रको कमिशन उत्पादन भने मज्जाले फष्टिएको बुझिन्छ । यहि जेष्ठ ८ गते प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै अक्सिजन प्लाण्टमा प्राविधिक समस्या आएको उक्त समस्या समाधान हुने क्रममा भएको र सो समस्याको बैकल्पिक व्यवस्था नभएसम्म अक्सिजन पर्याप्तताको आधारमा मात्र विरामी भर्ना लिने निर्देशन सहित जानकारि दिएको थियो । सो विज्ञप्तीको आशय के थियो भने अक्सिजन प्लाण्टमा खराबी देखिएको छ उक्त प्लाण्ट मर्मत हुँदै गरेको र केहि समय लाग्ने भएकोले तत्काल अक्सिजन पर्याप्त नभएको बुझिन्छ ।

जेष्ठ ८ गते प्रतिष्ठानले जारि गरेकाे विज्ञप्ती

प्रतिष्ठानले अक्सिजन प्लाण्टको समस्याको हल दक्ष इन्जिनियर मार्फत हुँदै गरेको बताएको थियो । तर प्रतिष्ठानका उपकुलपतिको गैह्रजिम्मेवारी र उक्त डिपार्टमेण्टका हेड इन्जिनियर राहुल मिश्रको कमिशन स्वार्थको कारण अक्सिजन प्लाण्ट पुर्णरुपमा बन्न सकेन । गोप्य श्रोतले जनाए अनुसार सो समयमा २ वटा प्लाण्टमा १ वटा प्लाण्ट मात्र बनाएको र अर्को प्लाण्ट विगत लामो समय देखि विग्रीएर थन्किएको छ । सञ्चालनमा रहेको १ वटा प्लाण्टको तेश्रो सर्भिसिङ अर्थात १८ हजार घण्टाको सर्भिसिङ गरिएको थियो सोहि प्लाण्ट हाल आएर उत्पादन क्षमता भन्दा न्युन क्षमतामा अक्सिजन उत्पादन गर्दै आएको छ । यस विषयमा प्रतिष्ठानका सह प्रवक्ता चुरामणी पोखरेल सँग सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रतिष्ठानले २ वटै अक्सिजन प्लाण्ट बनेको र पुर्ण क्षमतामा सञ्चालन भएको हल्ला फिजाए पनि १ वटा मात्र बनेको त्यो पनि राम्रो अवस्थामा नबनेको श्रोतले जनाएको छ । उक्त प्लाण्ट अन्तिम सर्भिसिङ भएको थियो । सर्भिसिङ गर्न आएको डाइग्नोकेम इन्टरनेशनलले इन्जिनियर राहुल मिश्रको मिलीमतोमा प्लाण्टको सामान फेरेको भनी करिब ४० देखि ५० लाखको विल पेश गरेको बुझिएको छ । मिश्रले उक्त रकम भुक्तानीको ५० प्रतिशत कमिशन लिने सर्तमा उपकुलपति समक्ष बिल पेश गरेको बुझिएको छ । उक्त बिल रकम झुटो भएको श्रोतको दावी छ । मिश्र मार्फत गएको कुनै पनि बिल उपकुलपतिले सजिलै पास गराउने गरेका श्रोतले जनाएको छ ।

राहुल मिश्र को हुन त ?

राहुल मिश्र बास्तवमा इलेक्ट्रिकल इन्जिनियर हुन । उनि विराटनगर निवासी हुन उनि वीपी प्रतिष्ठानमा इलेक्ट्रिकल इन्जिनियरको नियुक्ति लिएर आएका हुन । तर उपकुलपतिको आशिर्वादले उनलाई बायोमेड इन्जिनियरको विभागमा विभागीय प्रमुख बनेका हुन । प्रतिष्ठानको होस या जहाँ कहिँ उपकरण सञ्चालनको काम कार्बाहि बायोमेड इन्जिनियरको हुन्छ तर प्रतिष्ठानमा शक्ति र पदको दुरुपयोग गर्दै मिश्र कमाउ धन्दाको लागी आफ्नो विभाग भन्दा अलग विभागको विभागीय प्रमुख बने । हामिले इन्जिनियर मिश्र र उपकुलपति गीरीको सम्बन्ध बारे जानकारि लिँदा मिश्र उपकुलपतिको नजिकको साथीको छोरा रहेको बुझिएको छ ।

प्रतिष्ठानको अक्सिजन प्लाण्ट जडानको लागी टेण्डर डाइग्नोकेम इन्टरनेशनल कम्पनी पनि मिश्रकै सम्पर्कमा आएको हो । बास्तबमा भन्ने हो भने प्लाण्ट जडान गरेको वारेण्टीको समय सम्म निशुल्क मर्मत सम्भार हुनुपर्ने हुन्छ । तर उपकुलपति र इन्जिनियर मिश्रको मिलेमतोमा उक्त कम्पनीलाई उल्टै मर्मत सम्भारको लागी सार्वजानिक खरिद ऐन मिचेर २५ लाख मर्मत शुल्क भनेर भुक्तानी गरेको छ । कम्पनीको काम परिपक्क नभएको अवस्थामा प्रतिष्ठानले उक्त कम्पनीलाई कालो सुचिमा राख्नु पर्ने थियो तर उल्टै कम्पनीसँग साँठगाँठ गरेर उपकुलपति र इन्जिनियर मिश्र कमाउ धन्दामा सक्रिय रहेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट