होम पेज » राष्ट्रिय » आइताबार पनि बाढीको जोखिम बढ्ने उच्च सतर्कता अपनाउन अनुरोध

असार ०६, २०७८ – जल तथा मौसम विज्ञान विभागले आज आइताबार पनि मुलुकको अधिकांश स्थानमा वषइ हुने भएकोले केहि नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागले यसबारेमा एक विज्ञप्ती जारी गरि नदी आसपासमा बसोबास गर्ने सर्वसाधरणलार्य उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान सहित विज्ञप्ती प्रकाशित गर्दै विभागले मुलुकको अधिकांश स्थानहरुमा हल्का मध्यम वर्षा हुनुको साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानममा भारिवर्षा हुने पूर्वानुमान गरिएको छ । त्यसै गरेर भारी वर्षाको सम्भावना रहेको प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु