होम पेज » राष्ट्रिय » एकसाथ ५२ एसपीको सरुवा (नामावली सहित)

असार ०८, २०७८ – नेपाल प्रहरीका ५२ एसपीको एकसाथ सरुवा भएको छ । आज मंगलवार प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी प्रमुखको एकसाथ सरुवा गरेको नामावली सहित सुचना जारि गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरिक्षकले आज निर्णय गरे अनुसार यही असार महिना देखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरेको प्रहरी प्रधान कार्याललयले सुचनामा उल्लेख गरेको छ । त्यसै गरेर आज नै प्रहरी प्रधान कार्याललयले ५७ डिएसपीको पनि सरुवा गरेको छ ।

इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय थापाथली काठमोण्डौ सरुवा भएका छन । इलाका प्रहरी कार्यालय धरानका लागी भने २ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण मुख्यालय जनकपुरबाट नरेन्द्र कुँवर आउँने भएका छन । त्यसै गरेर नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरी अपराध अनुसन्धान शाखाका शिब कुमार श्रेष्ठ जिल्ला प्रहरी परिसर, भक्तपु पुगेका छन । एसपी शिव कुमारको स्थानमा भने उदयपुर जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी भिम बहादुर दाहाल आउने भएका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु