होम पेज » राष्ट्रिय » सडकमा अव्यवस्थित जनावरलाइ खाना खुवाएको ३१औँ दिनको अवसरमा पुनस्र्थापना केन्द्रमा खाना खुवाइयो

कोरोना महामारि पश्चात अव्यवस्थित जनावरहरुको लागी सेल्टर तयार गरि संरक्षण तर्फ अघि बढ्ने

असार ०९, २०७८ – सामाजिक कार्यमा अग्रसर रहेर सामाजित गतिविधि गर्दै आएको आत्माउटसर्ग संस्थाले एक महिना अघि देखि सडक अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको छ । सो अभियानको आज ३१ औँ दिनको अवसरमा धरान छाता चौकस्थित पुरानो अस्पताल परिसरमा रहेको पुनस्र्थापना केन्द्रमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन ।

उर्जावान युवाहरुको संलग्नता रहेको उक्त संस्थाले वाटर बैंक र फुड बैंकको अवधारणालाई अघि सारेर सामाजिक कार्यको थलानी गरेको संस्थाले कोरोना महामारिको समयमा सडकमा अव्यवस्थि जनावरलाई खाना खुवाउन थालेको हो । दैनिक लगभक १५० को संख्यामा अव्यवस्थित जनावरलाई खाना खुवाउँदै आएको संस्थाका अध्यक्ष रुसल श्रेष्ठले जानकारि दिए । अव्यवस्थित जनावरमा बाँदर, हाँस लगायतका विभिन्न जनावरहरुलाई खाना खुवाउने गरेको उनले बताए । उनले भने विषेश गरेर सडकमा अव्यवस्थित अवस्थामा रहेको कुकुरहरुलाई नै खाना खुवाएको उनले बताए । यस क्रममा कति सडक मानवहरु पनि खाना नपाएको देख्दा प्याकिङ खानाहरु किनेर बाँडेको उनले बताए । यो कार्यको लागी लाग्ने रकम र सामग्री संस्थाका सदस्यहरुबाट व्यक्तिगत संकलन र सहयोगीबाट उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताए ।

एन्थ्री फाउण्डेशनको पनि सहकार्य रहेको यस कार्यमा यो कोरोना संक्रमणकालिन अवस्थामा सडकमा अव्यवस्थित जनावरहरुलाई नै खाना खुवाउने कार्य गर्ने संस्थाले जनाएको छ । संस्थाकी एक सदस्यले भनिन अव्यवस्थित सडक मानवलाई खाना खुवाउने देखि उद्धार गर्ने संघसंस्था प्रसस्तै छ तर जनावरको लागी भने कुनै पनि संस्थाहरु अग्रसर नरहेको अवस्थामा हामिले हाम्रो दायित्व सम्झेर जनावर उद्धारको लागी हातेमालो गरेको हो । उनले भनिन हामि १० जना सदस्यले बनेको यो संस्थामा स्वेच्छाले स्वयंसेवकको रुपमा धेरै साथीहरु आउनु भएको छ यसर्थमा हामि सामाजिक कार्यमा अग्रसर रहन उर्जा मिनेको छ । यो महामारिको समय भरि खाना खुवाउने नै कार्यक्रम रहने छ र केहि उद्धारको काम हुने उनले बताइन । त्यसै गरेर भर्खरै इटहरीबाट उद्धार गरि ल्याएको एक कुकुरलाई एडप पनि गरि लगिएको घटनालाई स्मरण गर्दै उनले बताइन अबको हाम्रो अभियान भनेको अव्यवस्थित जनावरहरुलाई संरक्षण दिने हो । यसरी संरक्षण गरिएको अवस्थामा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित र व्यवस्थित रहने र चाहेको खण्डमा कसैले पनि जनावरलाई एडब्ड गर्न सकिने उनले बताइन ।

अभियानको सुरुवात नै अव्यवस्थित जनावरको उद्धारलाई प्रमुख मुद्दा बनाएर अघि बढेको हो, अहिले कोरोना महामारिको कारण हामिले खाना खुवाउने कार्य गरेको अध्यक्ष श्रेष्ठले बताए । उनले भने अब हामी यो महामारि निर्मुल हुन वित्तिकै अव्यवस्थित जनावरको लागी यौटा सेल्टर तयार गरि संरक्षण दिन्छौ । यसले गर्दा सडक मानव मुक्त शहर अव्यवस्थित जनावर मुक्त शहर बन्नेमो टेवा पुग्नेछ । यसका साथै सडकमा अव्यवस्थित भएको जनावरले पनि नयाँ जीवन पाउँने कुरामा आफु ढुक्क भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु