होम पेज » राष्ट्रिय » पाख्रीबास नगरपालिकाको नगरसभामा हात हालाहाल देखि तोडफोडसम्म (भिडियो)

एक वडाध्यक्ष र वडा सचिवलाइ जानकारि नदिइ कृते हस्ताक्षर गरिएकाे आराेप

असार १०, २०७८ – विभिन्न ४ राजनीतिक दलले पाख्रीवास नगरपालिकाका वडा परिषद पून: नगरे स-शक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनिहरुले आज प्रेस विज्ञप्ति जारी गर्दै यसअघि वडागत योजना छनौट गर्दा एक दलिय राजनीतिक कार्यकर्ता मात्र राखेर वडा गत योजना छनौट गरेको भन्दै वडा परिषद पून नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

यहि विषयमा हिजो छलफल गराउन माग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एमाले खनाल नेपाल समूह र जनता समाजवादी पार्टीले नगर प्रमुखलाई प्रेस विज्ञप्ति वुझाएका थिए तर सुनुवाई नभएपछि त्यस्तो चेतावनी दिनु परेको नेपाली कांग्रेस नगर सभापति प्रेम भण्डारीले वताए । उनले २४ घण्टा भित्र यो विषयमा नगरले छलफल गराउनुपर्ने यदी नगराएकाे खण्डमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन । यदि २४ घण्टाभित्र आफुहरुलाई छलफलको लागि नबोलाइए ४८ घण्टाभित्र नपाका सम्पूर्ण वडा कार्यालयहरुमा तालाबन्दी गर्ने साथै थप आन्दोलनका कार्यक्रमहरु अघि ल्याउने पनि सभापति भण्डारीले बताए ।

यसैवीच विरोधका वीच पाख्रीवास नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वजेट प्रस्तुत गरेको नगरपालिकाका सूचना अधिकारी किरण राईले जानकारि दिए । सुचना अधिकारी राईका अनुसार आव २०७८/०७९ का लागि कुल रु. ५० करोड ५० लाख २० हजारको अनुमानित आय र व्ययको बजेट प्रस्तुत गर्दै आठौँ नगरसभा सम्पन्न गरिएको छ ।

यता वडा परिषदको विषयमा छलफलको प्रस्ताव राख्न गएको पक्षका एक जनालाई नगर सदस्यले हात हालेको समेत जनाईएको छ । नेपाली कांग्रेस पाख्रीबास नगर सभापति प्रेम भण्डारीका अनुसार स्थानिय युवा रवी पौडेललाई नगर सदस्य तथा ३ वडा सदस्य(कार्यवाहक वडाअध्यक्ष) सरोज राईले हात लगाएको वताए । बाहिरबाट युवाहरु नगरसभा हुंदै गरेको स्थानमा प्रबेश गरेपछि भीडभाडमा धेरैको ठेलाठेल भएको तर वडा सदस्य राईले नै कसैलाई हात नहालेको सुचना अधिकारी राईले जानकारि गराए ।

सभाहलमा तनावको स्थिति पैदा भएसंगै बाहिर रहेका केही युवाहरु आक्रोसमा आई नपाको केही झ्यालका शीसाहरु समेत फुटाएको छ भने कार्यक्रम स्थलमा राखिएका कुर्सीहरु फ्यॉंकेका थिए । वडा ४ का वडाअध्यक्ष शोवित निरौलाका अनुसार आफु र सचिवलाई समेत थाहै नदिइ वडा परिषदको बैठक बसेर केही वडा सदस्यको कृते हस्ताक्षर समेत गरि नपामा पेश गरिएको पत्रमा नगरप्रमुखले तोक लगाइदिएर मलाई ज्यूंदै मारेको पनि आरोप लगाएका छन । वास्तविकताको छानविन नगरि अगाडि बढिए आफु आमरन अनशनमा बस्ने समेत उनले चेतावनी दिएका छन ।

नगरसभा सुरु भएसंगै राष्ट्रिय गीत सकिए लगत्तै नपा वडा ४ का वडाअध्यक्षले नगरसभा बाहिष्कार गरेको भन्दै बाहिरिएका थिए । स्थिति तनावपूर्ण बन्न खोजेपछि सुरुमा बैठक स्थगित गरि जिल्लाबाट नेपाल प्रहरी र शसस्त्र प्रहरी बल समेत मगाइएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु