होम पेज » राष्ट्रिय » प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिए

असार २९, २०७८ – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन । उनले आजै दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोहि अनुरुप आज देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको हो । सर्वोच्चले दिएको दिएको आदेशअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ७६ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको सभापती तथा संसदीय दलको नेता देउवालाई प्रधानमन्त्री नियुक्त गरेकि थिइन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु