होम पेज » राष्ट्रिय » प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादव मन्त्री पदबाट राजीनामा दिँदै

सर्वपक्षीय सर्वदलीय सरकार निर्माण अहिलेको आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको भनाइ

श्रावण ०१, २०७८ – प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादवले मन्त्री पदबाट राजीनामा दिन लागेका छन ।

प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्री यादवले नेकपा माओवादी केन्द्रलाई सरकारमा समावेश गरि मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको बताएका छन । सर्वपक्षीय सर्वदलीय सरकार निर्माण अहिलेको आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको उनले बताएका छन ।

शनिवार दिउँसो ३ बजे सरकारमा सहभागी भई मन्त्रीहरुले सपथ लिन लागेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रका अनुसार संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु