होम पेज » राष्ट्रिय » आलमलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा

श्रावण ०९, २०७८ – सांस्कृतिक अधिकार संरक्षण समिति धरानले झापा गाउँपालिका–३ कामाटोलीका स्वर्गीय रफिकुल आलामलाई मरणोपरान्त सांस्कृतिक योद्धा घोषणा गर्दै आप्mनो १५ औं वार्षिकी कार्यक्रम मनायो । समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का माननीय सांसद उमिता बराइलीले सांस्कृतिक अधिकार संविधानमा व्यवस्था भएकोले प्रथाजनित सांस्कृतिक अधिकारहरु प्रयोग गर्दा रफिकुल आलामहरु मारिनु लोकतान्त्रि सरकारकोलागि लज्जास्पद विषय भएको बताए । बराइलीले भने–‘संविधानमा भएको व्यवस्थालाई अक्षरसः व्यवहारमा उतार्न आवश्यक छ । यसकोलागि मैले सदनमा कुरा उठाउँदै आएको छु ।’

सो कार्यक्रममा परिवारको तर्फबाट बोल्दै मृतकका छोरा सामिल आलमले आप्mनो बुबा सांस्कृतिक सहिद भएकोले सहिद घोषणा गर्न पनि माग गरे । उनले भने ‘संविधानमा सबैलाई धार्मिक र सांस्कृतिक अधिकारको भए पनि मेरो बुबा गोरु काटेको आरोपमा किन मारिनु पर्छ ? यसको जवाफ म खोजिरहेको छु ।’

यसैगरि प्रथाजन्य सांस्कृतिक अधिकार प्रयोग गर्दै गोरु मार्दा कानुन लाग्ने र गोरु मारेको आरोपमा मान्छे मार्दा मान्छे मार्नेहरु उपर कानुन नलाग्ने देश नेपाल भएको बताउँदै कार्यक्रममा अध्यक्ष सुवास हुक्पा चोङबाङले नेपालको कानुन विभेदकारी र एक पक्षीय भएको बताए । मरणोपरान्त सांस्कृतिक योद्धाको रुपमा गरिएको सम्मान मृतकको धर्मपत्नी मुर्सिदा बिबीले लिएका थिए । समितिले सम्मानसहित नगद २१ हजार दिएका थिए ।

प्रत्येक साउन ५ लाई समितिले सांस्कृतिक विद्रोह गरेको स्मरणमा कार्यक्रमको आयोजना गर्दैआएको छ । घोषितरुपमा ०६३ सालदेखि धरान–११ मा गोरु काटेर सांस्कृति विद्रोह गरेको स्मृतिमा समितिले साउन ५ गते सांस्कृतिक बार्षिकी मनाउँदै आएको छ । झापा गाउँपालिकाका रफिकुल आलामलाई ०७७ भदौ १० गते गोरु काटेको आरोपमा राज्य पक्षले गोलि हानेर मारेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट