होम पेज » समाचार » धरानमा खुल्यो अर्को ट्रि हाउस, लज सहितको ट्रि हाउसबाट धरानको मनोरम दृश्यवलोकन गर्न सकिने

भाद्र २५, २०७८ – धरानमा नयाँ ट्रि हाउस सञ्चालनमा आएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १३ स्थित सारङ्गा डाँडामा लज सहितको नयाँ ट्रि हाउस सञ्चालनमा आएको छ । धरान भेडेटार सडक खण्डमा पर्ने यो डाँडा धरान बजार तथा मधेशका फाँटहरुको दृश्यावलोकनको लागि लोकप्रिय स्थान हो । यहि लोकप्रिय स्थानमा सञ्चालनमा आएको ट्रि हाउस एण्ड लजको आज एक कार्यक्रममाँझ उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा धरान १३ नम्बर वडाका वडाध्यक्ष नेत्र काफ्लेले ट्रि हाउस एण्ड लजको रिबन काटि उद्घाटन गरिएको छ ।

धरानका युवा व्यवसायी तथा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका नरहरि तिम्सिनाले उक्त ट्रि हाउसको सञ्चालन गरेका हुन । उनको भनाइ अनुसार पर्यटकियस्थलमा पर्यटकहरुलाई आकर्षित गर्न र सुलभ सेवा सुविधा उपलब्ध गराउन होटल सञ्चालनमा ल्याएको हो । ४० लाख भन्दा बढी लगानीमा सञ्चालनमा ल्याइएको उक्त ट्रि हाउसमा रुखमा तीन तले फलामको भर्याङ लगाइ खान, बस्न र दृश्यवलोकन गर्न ट्रि हाउस बनाएका छन । ६ वटा सुविधा सम्पन्न लज भएको उक्त ट्रि हाउसमा रेष्टुरेण्ट पनि सञ्चालनमा आएको छ ।

पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु मानिएको यस स्थानमा सञ्चालनमा आएको यस ट्रि हाउसमा पर्यटकहरुलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन व्यवसायीहरुलाई आग्रह गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काफ्ले खाना र बस्नको लागि पाहुनाहरुलाई सन्तुष्ट हुने गरि सत्कार गरेमा पुन पनि ती पर्यटकहरु दोहोर्याएर आउने भन्दै त्यसै अनुसार व्यवहार र सत्कार गर्न समेत आग्रह गरेका छन । त्यसैगरि कार्यक्रमको अतिथि तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले लकडाउनको बेला पनि लगानी थप गरेर मुलुकलाई समृद्धिको यात्रामा अघि डोर्याउन योगदान पुगेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।


फोटो : विकाश चाम्लिङ

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट