होम पेज » फाेटाे फिचर » नेपालकाे संसदबाट नयाँ नक्सा पारित भएपछि धरानमा दिप प्रज्वलन गर्दै

जेठ ३१, २०७७ – आज धरानमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएकाे नेपालकाे नयाँ नक्सा संसदबाट पारित भएको छ । आज बसेको प्रतिनिधि सभाकाे बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हाे । आज धरानमा यसै खुशीयालीमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आह्वानमा आज साँझ धरानकाे भानुचोकमा दिपा प्रज्वलन गरिएको हो । दिपावली कार्यक्रममा पार्टीका नेताहरुसँगै नगरबासीहरुको पनि बाकुलाे सहभागिता रहेको थियो । बसपार्क क्षेत्रमा राष्ट्रिय झण्डा र नयाँ नक्सा बनाएर नक्साकाे वरिपरि दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलन कार्यक्रममा विभिन्न तहका नेताहरुले सम्बोधन गरेका थिए ।

भारतले नेपाली भुमी कालापानीमा आफ्नो सेनाकाे क्याम्प राखेको र लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक विस्तार गरि उद्घाटन गरेपछि नेपालमा भारत विरुद्ध प्रर्दशनहरु भएको थियो । यसै क्रममा सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट