होम पेज » राष्ट्रिय » बैशाख २६ देखि जेठ २ सम्म संखुवसभामा पनि निषेधाज्ञ

बैशाख २४, २०७८ – कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेसँगै संखुवासभा जिल्लामा पनि निषेधाज्ञ गर्ने भएको छ । यहि बैशाख २६ गते देखि राति १२ बजे देखि जेठ २ गतेसम्म निषेधाज्ञ गर्ने तयारी भएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले निर्णय गरेको हो ।

आज शुक्रबार प्रमुख जिल्ला अधिकारी तथा डीसीसीएमसीका संयोजक समेत रहेका टेकनारायण पौडेलको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको गरेको जिल्ला प्रशासन कार्यालयले जानकारि दिएको छ । आज शुक्रबारसम्म संखुवसभामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । अहिले आइसोलेशनमा १४ जना बसिरहेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट