होम पेज » राष्ट्रिय » नक्कली स्ट्रिकर टाँस गरि औषधि विक्रि गर्ने २ जना पक्राउ

वैशाख २५, २०७८ – विराटनगरमा सस्तो औषधिलाई महँगो औषधिको स्ट्रिकर टाँस गरि विक्री वितरण गर्ने २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर – ४ मा रहेको साथी मेडिकल औषधि पसलका सञ्चालक २६ वर्षीय सोनु आलम र सो कार्यमा संंलग्न विराटनगरकै २३ वर्षीय श्रवण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिनको १२ बजे विशेष सुचनाको आधारमा प्रहरीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गरेको थियो । प्रहरीले खानतलासी गर्दा स्टाफेन नामक औषधि ४ बट्टा र रेम्डिसीभिर नामक औषधि १ बट्टा फेला पारेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आलमले स्टाफेन औषधि रु ९० मा खरिद गरि रेम्डिसिभीर औषधिको नक्कली स्ट्रिकर टाँस गरि ८ हजार सम्ममा बिक्रि गर्ने गरेको खुलेको छ । उक्त स्ट्रिकर उनले भारतको पतनाबाट आयात गरी ल्याएको पाइएको छ । रेम्डिसीभिर औषधि कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि हो ।

सोहि क्रियाकलापमा संलग्न अर्का यादव भने यसअघि २०७७ कार्तिक २५ गते विराटनगर बसपार्क नजिकै एक होटलबाट १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको थियो । ब्राउन सुगर बरामद भएको कसुरमा अनुसन्धानको क्रममा उनी फरार अभियुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले यादवलाई आफ्नै घरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका आलमलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कारबाहि अगाडी बढाइएको छ भने यादवलाई आगु औषध र कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गत कारबाहि प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारि दिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट