होम पेज » राष्ट्रिय » इटहरीमा एरिना टेलिभिजनबाट अटाे एम्बुलेन्स सेवा सुरू

वैशाख २५, २०७८ – समाजिक अभियान हाम्रो दायित्व भन्ने मुलमन्त्रका साथ आजबाट एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्टबाट संक्रमित हुने बढ्दाे क्रमलाइ कम गर्दै जनस्वास्थ्यलाई सुरक्षित राख्ने उद्देश्यले एरिना टेलिभिजनले एरिना अटो एम्बुलेन्स सेवा सुरु गरेको हो । इटहरी उपमहानगर पालिकाको सहयोगमा स्वास्थ्य सेवाको अभावमा परेकाहरुलाई सहयोग गर्ने योजनाका साथ यो कार्यको थालनी गरिएको इटहरी उपमहानगर पालिकाकी उपप्रमुख लक्ष्मी गौतमले बताएकि छिन् । इटहरी उमहानगरपालिकाले सेवाका लागि खटाएको दुई ओटा एम्बुलेन्स अपार्याप्त भएकाले अटो एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको उनको भनाई छ ।

यसैगरी उनले पाचँ ओटा अटो चालकहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै उपचार सेवा सुनसरीका अस्पतालहरुबाट सजिलै लिन सकिने पनि बताएकि छिन् । कोरोनाको बढ्दो संक्रमणसँगै विरामीहरुले एम्बुलेन्स नपाएर भौतारिरहनु परेकाले सो अभावलाई कम गर्न २४ घण्टा अटो एम्बुलेन्सको सेवा दिन थालिएको एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले बताएका छन् । अन्य राष्ट्रसँगै नेपाल पनि कोरोनाको जोखिममा परेकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ५ ओटा अटो एम्बुलेन्स सेवाको थालनी गरिएको कार्कीले बताएका छन् । टेलिभिजन र सञ्चार माध्यम मनोरञ्जनात्मक माध्यम मात्र नभएर समाजिक सेवाको एक गतिलो माध्यम समेत बन्न सक्ने भन्दै उनले एम्बुलेन्स सेवा सुरु गरिएको धारणा राखेका छन् ।

यसैगरी कोरोना परिक्षण अर्थात पिसिआर टेष्ट गर्न चाहानेहरुले पनि अटो एम्बुलेन्सको सेवा लिन सक्ने बताइएको छ । एरिना अटो एम्बुलेन्स सेवाको शुभारम्भ कार्यक्रममा इटहरी उपमहानगरका उप प्रमुख,एरिना टेलिभिजनका प्रबन्ध निर्देशक, इटहरी वडा नम्बर ९ की वडा सदस्य कुमारी न्यौपाने र अटो चालकहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट