होम पेज » राष्ट्रिय » नेपाल पत्रकार महासंघ सुनसरीले ६ बुदे मागसहित धरानका मेयरलाई ध्यानाकर्षण गरायो

वैशाख ३१, २०७८ – नेपाल पत्रकार महासंघ सुनसरीले आज धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ध्यानाकर्षण गराएको छ । महासंघ सुनसरीले नगर प्रमुख राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारहरुको सुरक्षा र लेखन वृत्ति विकासको विषयलाई लिएर ध्यानकर्षण गराएको हो ।

महासंघले उक्त पत्रमा ६ बुदे मागहरु उल्लेख गर्दै मेयर राईलाई ध्यानाकर्षण गराएको छ । जसमा सञ्चारगृहलाई नियमित रुपमा प्रदान गर्दै आएको लोक कल्याणकारि विज्ञापनको भुक्तानी तत्काल गर्ने व्यवस्था गराउनु पर्ने माग राखिएको छ । यस्तै फेलोसिप प्रदान गर्ने, सञ्चारमाध्यम लक्षित विषेश प्याकेज तत्काल घोषणा गर्ने, तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याइएको रकम महासंघ मार्फत पत्रकारको समस्या टार्न रकम उपलब्ध गराउने सम्बन्धमा पनि ध्यानाकर्षण गराएको छ । अहिलेको संक्रमणकालिन परिस्थितीमा कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर महत्वपुर्ण भुमिका खेल्न श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विषेश प्याकेज घोषणा गराउन र पत्रकारका लागी निःशुल्क उपचारको व्यवस्था गराउन सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

पत्रकार महासंघको सुनसरीको पदाधिकारी लगायत अग्रज पत्रकार हर्ष सुब्बा, सुनसरी पुर्वअध्यक्ष राजेश विद्रोहि र महासंघ प्रदेश सचिव देवेन्द्र कार्कीको उपस्थितिमा सुनसरी जिल्ला अध्यक्ष जनकऋषि राईले मेयर राईलाइ उक्त ध्यानाकर्षण पत्र बुझाएका थिए । सो अवसरमा मेयर राईले यस विषयमा उपमहानगरपालिका सकारात्मक रहेको छ चाँडै छलफल गरी यो विषयलाई निकास दिने बताएका छन । उनले यस संक्रमणमा परेका पत्रकारको उपचारका लागि आइसोलेशन सञ्चालनमा महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरेका छन ।

धरान उपमहानगरपालिकाले धरान–१९ हरियाली सामुदायिक वनमा आइसोलेशन तयार गर्दैछ उक्त आइसोलेशनको व्यवस्थापन समितिमा महासंघको तर्फबाट समेत एकजना प्रतिनिधि पठाउन मेयर राईले आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु