होम पेज » राष्ट्रिय » सहयोग जुटाएर सेवा गर्दै धरान १७ को रेल्वे युथ क्लब; समस्या भए सम्पर्क गर्न अनुरोध

जेठ १०, २०७८ – हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । महामारीले देश नै आक्रान्त भएकाे समयमा यसकाे राेकथामका लागि जिल्ला प्रशासन कार्यलयले जेष्ठ १५ गते सम्म लकडाउन गरेकाे छ । सोही बेला विपन्न र दैनिक ज्यालादारी काम गरि जिविकाेपार्जन गर्ने परिवार अहिले पुर्ण लकडाउन हुदा हाथमुख जाेड्न धाै धाै भइरहेको अवस्था छ ।

याे विषम परिस्थितिमा धरान १७ का अति विपन्न, गरिब, ज्यालादारी कामगरि खाने पिडितहरुलाई भनेर धरान-१७ रेल्वे युथ क्लबले खाद्यान्न, आैषधी, फ्रि ऐम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । निस्वार्थ उदेश्यका साथ “रेल्वे युथ क्लब” ले “काेभिड-१९ राहत सहयाेग काेष” स्थापना गरि रू. ४३,६८०/- जम्मा गरेको अभियानका संयोजक युवानेता नरसिंह राईले जानकारी दिनुभयो । उहाले धरान १७ निवासी काेहि आर्थिक रूपमा अति विपन्न परिवार हुनुहुन्छ भने सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ । अभियान अन्तर्गत आवश्यक परेकाहरुलाई खाद्यान्न सामाग्री , नि:शुल्क एम्बुलेन्स सेवा, औसधि सेवा सहित कोभिड संक्रमण भएकाहरुलाई आर्थिक सहयोग समेत गर्ने संयोजक राइले बताउनुभएको छ ।

सरकार त्यस्ता बिपन्नहरु प्रति संबेदनसिल हुनु भन्दा पनि सत्ता जोगाउन ब्यस्त भएको साथै खोप र राहतको प्याकेज ल्याउने बेला अरबौ खर्च गरेर मध्यावधि निर्वाचन गर्न रास्ट्रपतिले मिति नै तोकेको भन्दै युवाहरूले आपत्ति समेत जनाएका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट