होम पेज » राष्ट्रिय » एम्बुलेन्समा गाँजा ओसारपसार गर्दै गर्दा पक्राउ

जेठ ११, २०७८ – महामारिकाे माैका छाेपेर एम्बुलेन्समा गाँजा ओसारपसार गरेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय धरानले धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्समा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएको जनाएकाे छ । हुडेप नेपाल लेखिएको मारुती एम्बुलेन्सको पछाडिको भागमा २५ केजीका दरले बनाइएको एक सय केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारि दिएकाे छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राति करिब ७ बजेतिर गाँजासहित एम्बुलेन्स चालक सुनसरी धरान १५ का ३६ वर्षीय बलबहादुर लिम्बू र धनकुटा सहिदभूमी गाउँपालिका १ घर भई हाल धरान ११ बस्ने २८ वर्षीय पोषन राईलाई पक्राउ गरिएको छ । उनीहरुलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका धरानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट