होम पेज » राष्ट्रिय » नेपाल फोटो पत्रकार महासंघ सुनसरीले सञ्चारकर्मिहरुलाई स्वास्थ्य सामग्री वितरण गर्यो

जेठ ११, २०७८ – कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणको लागी फ्रण्टलाइनामा रहेरका काम गर्ने सञ्चारकर्मीहरुको लागी नेपाल फोटो पत्रकार महासंघ सुनसरीले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

आज मंगलवार नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयको सभाहलमा सिमित पदाधिकारीको उपस्थितिमा उक्त संकलित स्वास्थ्य सामग्री एक मुष्ट पत्रकार महासंघलाई हस्तान्तरण गरेको छ । विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरि सो स्वास्थ्य सामग्री जुटाएको फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङले जानकारि दिएका छन । सबै पत्रकारहरुको साझा संगठन भएको हिसाबले पनि र एक द्धार प्रणालीलाई अवलम्बन गर्दै उक्त स्वास्थ्य सामग्री पत्रकार महासंघलाई हस्तान्तरण गरेको अध्यक्ष चाम्लिङले बताए । विभिन्न तवरबाट सहयोग बाट संकलन भएको ३ हजार ५ सय थान मास्क र ३.५ लिटर सेनिटाइजर स्वास्थ्य सामग्री महासंघलाई हस्तान्तर गरिएको छ ।

गत सालको लकडाउनमा पनि फोटो पत्रकार महासंघ सुनसरीले पत्रिका वितरकहरुलाई खाद्यन्न राहत वितरण गरिएको स्मरण गर्दै अध्यक्ष चाम्लिङले भने यस वर्ष भने उच्च जोखिम भएकोले एक द्धार प्रणालीमा कम जोखिम पनि देखिएकोले सो प्रणाली अनुरुप पत्रकार महासंघ मार्फत सञ्चारकर्मिहरुलाई सहयोग गर्ने प्रयत्न गरेको हो । कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष चाम्लिङले फोटो पत्रकारहरुको सवालमा जोड दिदै अन्य पत्रकारहरुलाई भन्दा फोटो पत्रकारहरुलाई उच्च जोखि भएकोले पत्रकार महासंघलाई फोट पत्रकारहरुको बारेमा पनि सोच्न आग्रह गरेका छन । फोटो पत्रकारहरु स्थलगत रुपमा नै उपस्थिति भएर रिपोर्टिङ गर्नु परेकोले उनिहरुलाई अझ बढी जोखिम रहेको उनले बताए । अन्य पत्रकारहरुकोलागी घरैबाट फोन मार्फत पनि रिपोर्टिङ गर्नु सक्ने भएकोले उनिहरुलाई कम जोखिम हुने उनले बताए । तर फोटो पत्रकारहरुको सवालमा फोटोको लागी कार्यक्रम तथा घटना स्थल नै जानु पर्ने भएकोले जोखि उच्च रहेको उनले दावी गरेका छन ।

नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य उपेन्द्र चाम्लिङको विषेश उपस्थितीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य चाम्लिङले भने बढ्दो जोखिमको बाबजुद पनि फोटो पत्रकार महासंघ सुनसरीले सञ्चारकर्मिहरुलाई यतिको सहयोग जुटाउन सफल भएकोमा सुनसरी टिमलाई धन्यवाद प्रकट गरेका थिए । यो जोखिम परिस्थितीमा एक द्धार प्रणाली नै कम जोखिम हुने भएकोले हाम्रो साझा संस्था नेपाल पत्रकार महासंघलाई संक्रमणबाट टाढा रहेर स्वास्थ्य सामग्री सबै सुनसरीका श्रमजीवी पत्रकारहरु माझ स्वास्थ्य सामग्री वितरण गर्न आग्रह गरेका छन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट