होम पेज » समाचार » आज देखि सुनसरीमा विषेधाज्ञ खुकुलो स्वास्थ्य मापदण्ड पालना गर्दै खाद्यन्न पसल खुल्ने

शैक्षिक सत्र सुरु भएकोले पुस्तक पसल स्वास्थ्य मापदण्ड अपनाएर खुल्ने, शैक्षिक संस्था भने खुल्ने नखुल्ने विषयमा निर्णय नभएको

जेष्ठ २७, २०७८ – सुनसरीमा कोरोना संक्रमण दर घटेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले आजबाट निषेधाज्ञ खुकुलो बनाएको छ ।

यो अवस्थामा सर्वसाधरणको जनजीवनमा कठिन परिस्थिति सृजना हुने विषयलाई मध्यनज गर्दै निषेधाज्ञ खुकुलो पारिएको प्रशासनले जनाएको छ । प्रशासनले हिजो बुधबार एक विज्ञप्ती जारि गर्दै आज बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म खाद्यन्न पसल खोल्न दिइने जानकारि गराएको हो । विज्ञप्तीमा उल्लेख भएअनुसार डिपार्टमेण्ट स्टोरका ग्रोसरी समेत खोल्न मिल्नेछ । पसलमा भिडभाड नियन्त्रण गर्न स्थानीय तहक र उद्योग वाणिज्य संघको समन्वयमा होम डेलिभरीको व्यवस्था मिलाउनु पर्ने पनि प्रशासनले विज्ञप्तीमा उल्लेख गरेको छ ।

सर्वसाधरणको जनजीवनलाई मध्यनजर गरेर खुकुलो गरिएको निषेधाज्ञमा पसल खोल्दा पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । दुधडेरी तथा माछा मासु पसलहरु पनि स्वास्थ्य मापदण्ड पालना गरि विहान १० बजे देखि १२ सम्म र दिनको ४ बजे देखी साँझ ७ बजेसम्म खोल्न पाइनेछ । यस्तै फलफुल तथा तरकारी संकलन ढुवानी निर्वाध रुपले गर्न पाउने र विहान १० बजे देखी दिनको ३ बजेसम्म ठेला गाडामा राखि घरघरमा विक्रि गर्न पाउने तर सब्जी मण्डी, गुद्री, हाट बजार लगायतका स्थानमा विक्रि वितरण गर्न नपाउने प्रशासनले जनाएको छ । त्यसैगरेर शैक्षिक सत्र सुरु हुन लागेको भन्दै स्कुलका पुस्तकहरु विक्रि वितरण गर्न पुस्तक तथा स्टेशनरी पसलहरु स्वास्थ्य मापदण्ड अपनाएर विहान १० बजे देखि दिनको ३ बजे सम्म खोल्न पाउने छन । तर शैक्षिक संस्था खुल्ने नखुल्ने भन्ने विषयमा कुनै पनि निर्ण आएका छैन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट