होम पेज » समाचार » धरान उपमहानगरपालिकामा आज शाेक विदा

जेष्ठ २७, २०७८ – हिजाे सफाईकर्मीको निधन भएपछि आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ ।

उपमहानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत सफाईकर्मी बाबुराम पौडेलको हिजो दिउँसो फोहोर विर्सजन गर्न जाने क्रममा ट्याक्टरबाट खसेर मृत्यु भएको थियो । उनको निधनमा उपमहानगरपालिकाले आज एक दिन शोक विदा दिने निर्णय गरिएको नगरले जारी गरेको सुचनामा उल्लेख छ । अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरु बन्द रहने सुचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट