होम पेज » समाचार » हाइटीका राष्ट्रपतिको आफ्नै निवासमा गोली हानी हत्या

असार २३, २०७८ – उत्तर अमेरिकी राष्ट्र हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई गोली हानी हत्या गरिएको छ । उनलाई आफ्नै निवासमा गाली हानि हत्या गरिएको हो ।

आज बुधबार प्रधानमन्त्री क्लाउड जोसेफले एक विज्ञप्ती जारि गर्दै राष्ट्रपति मोइजको हत्या भएको पुष्टि गरेका छन । राष्ट्रपति मोइज सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाई भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत हाइटीमा शासन गर्दै आएका थिए । उनको कार्यकाल सकिनै लाग्दा विवादहरु चुलिँदै गएका थिए । उक्त विवादमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

राष्ट्रपति मोइजको हत्या कुन समुहले गर्यो भन्ने खुलेको छैन । हाल घटनाबारे अनुसन्धान भइरहेको बिबिसीले जनाएको छ । उक्त आक्रमणमा हाइटीकी प्रथम महिला भने घाइते भएकी छिन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट