होम पेज » समाचार » युरो कप र कोपा अमेरिकाको खेलमा बिटिङ खेलाउने पक्राउ

असार २४, २०७८ – युरोपमा जारि युरो कप र दक्षिण अमेरिकामा जारि कोपा अमेरिका फुटबल खेलमा बिटिङ खेलाउने एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

अनलाईन अर्थात भाइबर ह्वाट्सएप मेसेन्जर मार्फत बिटिङ गराइरहेको अवस्थामा पोखरको एक होटलबाट पोखराका स्थानीय १८ वर्षीय सुलभ सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले सुवेदीलाई पक्राउ गरेका हुन । पक्राउ परेका सुवेदीलाई सार्वजानिक हित स्वास्थ्य सुरक्षा सुुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत बिटिङ गर्न नहुने कसुरमा सातदिन समय थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइसरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट