होम पेज » समाचार » देशभर मनसुनी वायुको प्रभाव, धेरै स्थानमा तीन भारि वर्षा हुने

असार २४, २०७८ – देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागले आज आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारि गर्दै दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली हुनेछ । जारि बुलेटिनमा उल्लेख भए अनुसार प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केहि स्थानमा मेघ गर्जन/चट्याङसहित भारि वर्षाको सम्भावना रहेको छ । त्यसैगरि सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

भोलि शुक्रवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएकाे छ । प्रदेश नं १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा गए रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ । विभागको पछिल्लो विवरणमा काठमाडौँमा १६ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै घोराहीमा १३६, ताप्लेजुङमा ५८, धनकुटामा ५० र पोखरामा ४६ मिलिमिटर वर्षा भएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट