होम पेज » समाचार » स्थगीत भएको खोप अभियान पर्सिबाट पुनः सुचारु हुने

खोप अभियान सफल बनाउन सबै नागरिकलाई संयमित भइदिन आग्रह

श्रावण ०१, २०७८ – स्थगीत भएको कोरोना विरुद्धको खोप अभियान पुनः सुचारु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार एक विज्ञप्ती सार्वजानिक गर्दै सबै नागरिकलाई संयमित हुन आग्रह गर्दै खोप अभियान सुचारु हुने जानकारि दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्तीमार्फत केहि जिल्लाहरुले खोप अभियान सुरु गरेर अर्को चरणको अभियान स्थगित गरेको जानकारि दिएका छन । सो जिल्लाहरुमा पर्सिबाटै खोप अभियान सुचारु हुने विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा उल्लेख गरिए अनुसार भोली अथाव पर्सिबाट सुरु हुने अभियानको लागी जोन्सन एण्ड जोन्सनको खोप पनि विभिन्न जिल्लाहरुमा पुगिसकेका छन ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ५५ वर्ष र सो भन्दा माथिका उमेर समुहका सर्वसाधरण, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारिहरुलाई प्राथमिकतामा राखेर असार २९ गतेदेखि भेरोसेलको पहिलो चरणको खोप अभियान सञ्चालन भइरहेको छ । यससँगै सार्वजानिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि सो अभियान अन्तर्गत भेरोसेल खोप लगाइन्दै खाएको थियो । सो खोप अभियान साउन २ गतेसम्म दिने भनिए पनि खोपको मौज्दात समाप्त भएकाले अर्को सुचना नभएसम्मको लागी शुक्रबारबाट खोपको पहिलो मात्रा लगाउने अभियान स्थगन गरिएको छ ।

साउन ६ गतेबाट सरकारले खरिद गरेको खोप चीनबाट नेपाल निरन्तर आउने भएकोले खोपमा समस्या नभएको विज्ञप्तीमा उल्लेख छ । साउन १५ गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहेसँगै सबै नेपाली नागरिकले खोप लगाउन पाउने भन्दै सबै नागरिकले खोप अभियान सफल बनाउन सहयोग गरिदिन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु