होम पेज » अन्य » भदौ ३० गतेबाट कक्षा १२ को परीक्षा हुने (तालिकासहित)

भाद्र १६, २०७८ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गनेसम्म परीक्षा विद्यार्थीहरुको भौतिक उपस्थितिमै सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारि दिएका छन । यस अघि साउन ३१ गतेबाट तोकिएको परीक्षा कोभिड–१९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो । बोर्डले परिक्षा तालिका सार्वजानिक गर्दै होम सेन्टरबाटै सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

परिक्षा तालिका

सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएता पनि परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गरी परिक्षा सञ्चालन गर्ने बोर्डले जानकारि दिएको छ । संसदको शिक्ष तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाइ सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी भौतिक उपस्थितिमै ततकाल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट