होम पेज » अन्य » तीन दिने धरान डे उत्सव सुरु

पुस २०, २०७८ – धरान स्थापना दिवसको अवसरमा तीन दिने धरान डे सुरु भएको छ ।

धरान १२ स्थित पब्लिक स्कुलको प्राङ्गाणमा आयोजित धरान डे उत्सव प्रधानमन्त्री शेर बहादुर देउवाले एक समारोहमाँझ उद्घाटन गरेका छन । उनले धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाउँदै उद्घाटन गरेका थिए । उनले सोही अवसरमा केकसमेत काटेका थिए । धरान उपमहानगरपालिकाले हरेक वर्ष पुष २० गतेलाई धरान स्थापना दिवसको रुपमा धरान डे उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२१ औँ वर्ष पुगेको छ ।

उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न संघ संस्थागत रुपमा सहभागीता जनाएको थिए । धरानमा रहेको सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएका थिए । सबै सहभागीहरुले धरान डेको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए । त्यसै गरेर धरानका विभिन्न जातीय संस्थाहरुको पनि साँस्कृतिक झाँकि सहित सहभागीता रहेको थियो । उनिहरुले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै झाँकी प्रस्तुत गरेका थिए ।

उत्सव उद्घाटन समारोहलाई प्रधानमन्त्री देउवा, प्रदेश १ प्रमुख पर्शुराम खापुङ, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई, प्रदेश सभामुख प्रदिप कुमार भण्डारी, संघीय सांसद जयकुममार राई, कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे लगायतले सम्बोधन गरेका थिए । सोहि अवसरमा धरानका पुर्व नगर प्रमुखहरु, विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संघसस्थाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट