होम पेज » अन्य » पब्लिक हाई स्कुलको स्वागत कार्यक्रममा अध्ययन र अनुशासनलाई जोड

मङ्सिर २९, २०७९ – धरान-१२ स्थित पब्लिक हाई स्कुलमा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुका लागि बुधबार आयोजना गरिएको स्वागत कार्यक्रमका अधिकाम्स बक्ताहरुले अध्ययन र अनुशासनलाई विशेष जोड दिएका छन।

बिद्यालयको खेलमैदानमा आयोजित कार्यक्रममा प्रधानाध्यापक इन्द्रमोहन झाले बिद्यार्थीहरुले अध्ययन र अनुशासनमा ध्यान दिनुपर्नेमा जोड दिए। पब्लिक हाई स्कुलमा विद्यार्थी सन्ख्या अत्याधिक भएको र कम्पाउण्ड ठूलो भएकाले बिद्यालय प्रशासनको ध्यान सबैतिर पुग्न नसक्ने हुदा शिक्षक निर्मल कपालीलाई डिस्सिप्लिन इन्चार्ज नियुक्त गरिएको प्र.अ.झाले जानकारी गराए। अध्ययन गर्ने मानसिकता बोकि तोकिएको पोशाक लगाएर समयमा बिद्यालय आउन प्र. अ. झाले बिद्यार्थीहरुलाई आग्रह गरे। त्यस्तै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बिद्यार्थीहरुको सफलताको कडि नै अनुशासन भएको बताए। बिद्यार्थीहरुको रुचि अध्ययनमा कति छ, खेलकुदमा कति छ, अन्य कुरामा कति छ भन्ने कुराको जानकारी लिन रिसर्च गरिने समेत कार्कीले बताए।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किरातिले पब्लिक हाई स्कुल नमुना बिद्यालय भएकोले पनि बिद्यार्थीहरुले अनुशासित भएर अध्ययन गर्नुपर्ने बताए। सिर्जनसिल र लगनसिल भएर अध्ययन गरेमा मात्रै प्रतिष्पर्धाको दुनियामा अब्बल बनेर निस्कन सकिने अध्यक्ष किरातिले बताए। त्यसै गरि बिद्यालयका इन्चार्ज बिरेन्द्र बहादुर शाहले नियमित रुपमा समयमै बिद्यालय आउन बिद्यार्थीहरुलाई आग्रह गरे। बिद्यालय आउदा पोशाक लगाएर आएकि आएनन, समयमा बिद्यालय आएकी आएनन, अनुशासनको पालना गरेका छन कि छैनन भनेर डिस्सिप्लिन इन्चार्जले गरेको कार्यलाई बिद्यार्थीहरुले अन्यथा लिनु नहुने इन्चार्ज शाहले बताए।

कक्षा-१२ का बिद्यार्थीद्वारा कक्षा-११ लाई स्वागत

नया शैशिक शत्र २०७९ मा प्रदेस नम्बर १ का विभिन्न ठाउबाट पब्लिक हाई स्कुलको कक्षा-११ मा अध्ययन गर्न आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको छ। कक्षा-१२ मा अध्ययनरत बिद्यार्थीहरुले कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुका लागि स्वागत कार्यक्रमको आयोजना गरेका हुन।स्वागत कार्यक्रमका प्रमुख अतिथी बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की थिए। प्रमुख अतिथी कार्कीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरे।बिद्यालयका प्र.अ.इन्द्रमोहन झा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजेन्द्र किराँती लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरे।स्वागत कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत समेत प्रस्तुत गरे।कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, बिद्यालयका शिक्षक/शिक्षिका लगायतको उपस्थिती थियो।कक्षा-१२ का विद्यार्थी अजित शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कक्षा-१२ का बिद्यार्थीहरु अन्कित ढुङ्गाना र मनिषा नेपालीले गरे।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु