होम पेज » अन्य » धरान मेघा कलेज द्धारा मेयर कप च्याम्पियन आप्ना विद्यार्थीहरुलाई सम्मान

विकास चाम्लिङ राई,
पौष २०, २०७९ – धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिता विजता आप्mना खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेका छन ।

विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रदर्शन गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ गते देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको हुन ।

धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याच, राजिव खड्का उत्कृष्ट गोलकिपर, अंकित थापा प्रतियोगिताभर ७ गोल गर्दै हाइ स्कोरर र सुगम जिमि टिम क्याप्टेनले प्रतियोगिताको उत्कृष्ट खेलाडिको उपाधि जित्न सफर भएका थिए । उनिहरुले पनि सम्मान कार्यक्रममा व्याक्तिगत ट्रफि विद्यार्थीहरु माझ प्रदर्शन गरेका थिए ।

धरान मेघा कलेजको प्रागणमा सम्पन्न कार्यक्रममा विजेता खेलाडि तथा प्रशिक्षकलाई कलेजका अध्यक्ष कैलाश लिम्वु, प्राचार्य भाष्कर पौडेल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, कलेजका साइन्स कोअर्डिनेटर जिवन न्यौपाने, म्यानेजमेन्ट कोअर्डिनेटर चन्द्र वनेम लगायतले खदा र अविर लगाइ सम्मान गरेका थिए । प्रतियोगितामा धरान उपमहानगरपालिका भरिका ३६ वटा विद्यालयले सहभागिता जनाएको थियो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु