होम पेज » अन्य » धरान वडा नम्बर ४ मा महिला दिवसको अवसरमा कविता प्रतियोगीता सम्पन्न

फागुन ३०, २०७९ – ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर ४ ले वडा स्तरिय कविता प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धन बहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्कुल कलेजका ११ जनाले सहभागीता जनाएका थिए । महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला लक्षित कविताहरु नै प्रस्तुत भएका थिए । कार्यक्रममा सोही वडाकी वडा सदस्य तथा महिला बालबालिका संयोजक मिना तामाङले स्वागत मन्तव्य राखेकी थिइन । उक्त प्रतियोगीतामा सोहि वडाका कर्मचारी इश्वर प्रसाद लामिछाने र कुमार धमलाले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

वडाको कर्मचारी मुना श्रेष्ठले सञ्चालन गरेको उक्त कविता प्रतियोगीतामा जानुका राई प्रथम भएकी थिइन । उनले नगद ५ हजार र प्रमाण पत्र पुरस्कार प्राप्त गरेकी थिइन । यसैगरि दोश्रो, तेश्रो र सान्त्वना स्थान क्रमश रसिला मगर, रिना कुमारी मगर र रुपा विश्वकर्माले ओगटेका थिए । उनिहरुले क्रमश नगद ४ हजार, ३ हजार र २ हजार र प्रमाणपत्र हात पारेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट उपस्थित अतिथिहरुले पनि कविता वाचन गरेका थिए ।

विभिन्न कार्यक्रमको कारण यो कार्यक्रम महिला दिवसको दिन गर्न नसकिएकोले आज आयोजना गरेको जानकारि दिदै कार्यक्रम निकै नै उपलब्धि मुलक भएको वडाध्यक्ष धनमबहादुर राईले बताए । उनले अबका दिनमा यस्ता सृजनशीका कार्यक्रम गर्न उर्जा मिलेको समेत बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने आजको कार्यक्रममा स्कुल कलेज पढ्ने विद्यार्थीको उपस्थिति रहेकोले पनि कार्यक्रम सफल भएको महसुस गरेको छु । सहभागी नानीहरुको कविता निकै ओजनदार समय सान्दर्भिक पाएको उनले बताए । उनले भने युवा अवस्थामा माया प्रेमको कविता आउँछ भन्ने लागेता पनि कविताहरु सबै महिला तथा आमा प्रति समर्पित भएकोले सहभागीहरुप्रति उनले कृतज्ञता व्यक्त गरे ।

महिलाहरुको भारी उपस्थितिमा आयोजित उक्त कार्यक्रममा धरान ४ का वडा सदस्य मिना तामाङ, राजेन्द्र राई, गोरसमान आले मगर र लिलादेवी गहते अतिथि रहेका थिए । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागीहरुलाई कार्यक्रमका अतिथिको हातवाहुलीबाट प्रमाण पत्र प्रदान गरिएको थियो । यसै गरि पुरस्कृत सहभागीलाई कार्यक्रमका सभाध्यक्ष तथा धरान ४ का वडाध्यक्ष धनबहादुर राईले पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु