होम पेज » अन्य » एसईई परिक्षाको नतिजा आन्तरिक मुल्यांकन बाटै

जेष्ठ १७, २०७८ – कोभिड १९ को बढ्दो संक्रमणको कारण यस वर्षको एसईई परिक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गने सरकारले निर्णय गरेको छ ।

आज सोमबार साँझ मन्त्रिपरिषदको बैठकमा यो निर्णय भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एसईई परिक्षाको नितिजा आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय परिक्षा बोर्डले वैकल्पिक विधिबाट एसईईको परिक्षा गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई प्रस्ताव पेश गरेको थियो । यसै प्रस्तावको आधारमा शिक्षमन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रीपरिषदमा प्रस्थाव पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट