होम पेज » अन्य » थप ६ हजार ६ सय ५३ जनामा काेराेनाे भाइरस संक्रमण पुष्टि

आज ८ हजार ६ सय ६३ जना काेराेना भाइरस संक्रमणमुक्त भए भने १ सय १ जनाले संक्रमणबाट ज्यान गुमाए

जेष्ठ २१, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ८१ हजार ५ सय ६० जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १४ हजार १ सय ८२ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ४ हजार ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । याे सँगै ६ हजार ६ सय ३१ जनाकाे एन्टिजिन परीक्षण गर्दा २ हजार २९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा १ सय १ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७ सय ३१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले सार्वजानिक गरेकाे तथ्यांक अनुसार काेराेना भाइरसबाट संक्रमणमुक्त हुनेकाे दर ८१ दशमलव ९ प्रितशत रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट