होम पेज » अन्य » पछिल्लाे २४ घण्टामा ८ हजार २ सय ४३ जना काेराेना संक्रमणमुक्त

हिजाेकाे तुलनामा संक्रमणमुक्त हुनेकाे दर ० दशमलव ९ प्रतिशतले वृद्धि

जेष्ठ २२, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ८६ हजार ६ सय २ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ११ हजार ४ सय ७१ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ३ हजार ५ सय ४० जनामा संक्रमण पुष्टि भएको हो । याे सँगै ५ हजार ३ सय ४३ जनाकाे एन्टिजिन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । जसमा नेपाली सेनाले यस अगाडी विभिन्न मितीमा व्यवस्थापन गरेकाे संक्रमित शबहरूकाे संख्या समेत रहेकाे मन्त्रालयले जनाएकाे छ । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ७ सय ९९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले सार्वजानिक गरेकाे तथ्यांक अनुसार काेराेना भाइरसबाट संक्रमणमुक्त हुनेकाे दर ८२ दशमलव ९ प्रितशत रहेकाे छ । याे हिजाेकाे तुलनामा संक्रमणमुक्त हुनेकाे दर ० दशमलव ९ ले वृद्धि भएकाे हाे ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट