होम पेज » अन्य » थप ३ हजार ४ सय ७९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेकाे दर ८३ दशमलव ५ प्रतिशत

जेष्ठ २३, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ८५ हजार ३९ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १० हजार ४ सय ७१ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ३ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । याे सँगै ३ हजार २ सय ६२ जनाकाे एन्टिजिन परीक्षण गर्दा ४ सय ५५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ९९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ८ सय ९८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले सार्वजानिक गरेकाे तथ्यांक अनुसार काेराेना भाइरसबाट संक्रमणमुक्त हुनेकाे दर ८३ दशमलव ५ प्रतिशत रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट