होम पेज » अन्य » थप ४ हजार ४ सय ७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

थप ६ हजार ९ सय ५१ कोरोना सङ्क्रणमुक्त

जेष्ठ २४, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ८९ हजार ५ सय ११ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १२ हजार २ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गरिएकाे थियाे । याे सँगै ५ हजार ९ सय १ जनाकाे एन्टिजिन परीक्षण गरिएकाे थियाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ९२ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ७ हजार ९ सय ९० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट