होम पेज » अन्य » आज देखि धरानमा खोप लगाउन सुरु गरियो

भोली देखि २ दिनको लागी खोप केन्द्र ३ स्थानमा सञ्चालन गरिने

जेष्ठ २५, २०७८ – धरानमा आज देखि चीनमा उत्पादन भएको कोभि १९ विरुद्धको भेरो सिल नामको खोप लगाउन थालिएको छ ।

देशव्यापीरुपमा शुरु गरिएको उक्त खोप धरान उपमहानगरपालिकाको सहकार्यमा धरानका ज्येष्ठ नागरिकहरुलाई खोप दिइन थालिएको हो । आज धरान छाताचौकस्थित पुरानो अस्पतालमा उक्त खोप लगाइदैछ । यो खोप हाललाई ६० वर्ष देखि ६४ उमेर समुहलाइ मात्र लगाइनेछ ।

यहि जेष्ठ २३ गते नै उपमहानगरपालिकाले खोप अभियानको रुपमा वितरण गर्ने भन्दै धरानको २० वटै वडामा पत्रचार गरेको थियो । आफ्ना वडामा रहेको तोकिएको उमेर समुहका ज्येष्ठ नागरिकहरु खोपबाट बञ्चित नहोस भन्ने सोँचले सबै वडा कार्यालय मार्फत जानकारि गराइएको थियो ।

गत समयमा पनि हामिले खोप अभियान गरेका थियौँ त्यो समयमा प्रचारप्रसार व्यापक गरिए पनि उपस्थिती कम रहेको थियो तर यस पटकको अभियानमा भने उपस्थिती उत्साहजनक भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारि दिए । उनले भने विगतमा जनमानसमा खोपको विषयमा तेस्तो ज्ञान नभएको पाइए थियो भने अहिले खोपको महत्व र यसप्रति नागरिक सचेत भएर आफै आएर खोप लिने गरेको पाइएको छ ।

यसै गरेर प्रमुख मेहता बताउँछन एक ठाउँ मात्र खोप केन्द्रमा भिडभाड बढ्ने भएकोले स्वास्थ्य मापदण्डलाई मध्यनजर गरेर र नागरिकहरुको सहजताको लागी भनेर भोली देखि २ दिन भने ३ स्थानमा खोप केन्द्र सञ्चालन गरिने छ । यस विषयमा जानकारि दिँदै उनले भने भोली धरान १७ स्थित रेलवेमा र धरान १५ श्यामचौकमा खोप केन्द्र सञ्चालन गरिनेछ । छाताचौकस्थित रहेको खोप केन्द्र भने यथावत रहने स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारि दिए ।

यसै गरि धरान २० का नागरिकहरुको सहजताको लागी खोपको अन्तिम दिन विष्णुपादुका गएर खोप प्रदान गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट