होम पेज » अन्य » थप ५ हजार १ सय ७० जनामा काेराेना संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा देशभर ६ हजार ५ सय ७० जना काेराेना संक्रमणमुक्त, १ सय ८ जनाले संक्रमणबाट ज्यान गुमाए

जेष्ठ २५, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमितकाे कुल संख्या ५ लाख ९४ हजार ६ सय ६४ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ६५ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ३ हजार ८ सय ७० जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ५ हजार ६ सय ११ जनाकाे एन्टिजिन परीक्षण गर्दा १ हजार २ सय ८३ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा १ सय ८ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ९८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । याे सँगै देशभर संक्रमणमुक्त हुनेकाे कुल संख्या ५ लाख ४ हजार ५ सय ३० जना पुगेकाे छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ८४ दशमलव ७ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट