होम पेज » अन्य » थप ४ हजार ३ सय ४४ जनामा काेराेना संक्रमण पुष्टि

जेष्ठ २६, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर १२ हजार ७४ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ४ हजार ५ सय ६८ जनाकाे एन्टिजिन परीक्षण गर्दा ८ सय १५ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार १ सय ७९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ८५ दशमलव २ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट