होम पेज » अन्य » थप २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ ३१, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ९ हजार ४ सय ३८ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा २ हजार ४९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ५ हजार ३ सय ८१ जनाकाे एन्टिजिन परीक्षण गर्दा ८ सय ६९ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ४ सय ६५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट