होम पेज » अन्य » धरानमा रहेको समिट स्कुलले दश उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्यो

दश जना विद्यार्थीलाई विभिन्न विधामा उनिहरुको पढाइ र चालचल तथा आचरणको मुल्याङ्कन गर्दै सम्मान गरियो

जेष्ठ ३१, २०७८ – धरानमा रहेको समिट स्कुलले दश उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । विगत लामो समय देखि धरानको शिक्षा क्षेत्रमा योग्दान पुर्याउँदै आएको यस स्कुलले आफ्नो स्कुलबाट १२ कक्षा पास गरि जाने दश उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको हो ।

समिटले दश विद्यार्थीलाई विभिन्न विधामा सम्मान गरेका थियो । समिटले प्रतिभाशाली विद्यार्थीमा चन्दा शाह, बफदार विद्यार्थीमा सामना राई, मेहनती विद्यार्थीमा अस्मिता थापालाई सम्मान गरेको छ । त्यसै गरेर सृजनशील विद्यार्थीमा आशिष विश्वकर्मा, सहयोगी विद्यार्थीमा हिमानी पोखरेल, प्रेरक विद्यार्थीमा रेनसाइमा राई र बिनिशा राईलाई सम्मान गरिएको छ । यसका साथै बहुमुखी प्रतिभाशाली विद्यार्थीमा नुक्सा राई र मिनिषा राइर्लले, अनुशासीत विद्यार्थीमा सुशान्त लिम्बुले सम्मान पाएका छन ।

हरेक वर्ष कुनै पनि विधामा २ जना सम्म सम्मान गरिने समिट स्कुलका प्रिन्सिपल रमेश दाहालले जानकारि दिए । हरेक वर्ष कक्षा १२ पास गरि यस विद्यालयबाट जाने विद्यार्थीलाई यसरी सम्मान गरिने उनको भनाइ थियो । विषेश गरेर उनिहरु लगायत अन्य विद्यार्थीको लागी पनि प्ररणाको श्रोत बनोस भनि विषेश महत्वका साथ यसरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको हो । पढाइमा मात्र हैन अन्या अतिरिक्त क्रियाकलापमा चासो राख्ने विद्यार्थीहरुको लागी पनि यो प्ररणा बन्ने प्रिन्सिपल दाहालले दावी गरे । सम्मानित दश उत्कृष्ट विद्यार्थीहरुलाई पढाइ, उनिहरको अतिरिक्त क्रियाकलाप र यस विद्यालयमा रहुन्जेल उनिहरुको व्यक्तिगत आचरण र चालचलनलाई मुल्याङ्कन गरि सम्मान गरेका प्रिन्सिपल दाहालले बताए ।

समिटमा कक्षा ३ देखि अध्ययन गरेकि प्रतिभाशाली विद्यार्थीको सम्मान पाएकी चन्दा शाहले भनिन् स्कुल तह देखि कलेज तह सम्मको विद्यार्थीकालमा यस विद्यालयमा पढ्न र अन्य ज्ञानको लागी अनुकुल वातावरण भएकोले पनि यो सम्मानको लागी योग्य बनेको छु । मेरो विद्यार्थीकाल मै यो ठुलो उपलब्धी पाएको पनि उनले बताइन । यसै गरेर बफदार विद्यार्थीको सम्मानबाट सम्मानित भएकी सामना राई भन्छिन कलेजको यो सम्मानले अतिनै हर्षित भएकी छु । यो ठुलो उपलब्धीसँगै बाँकी मेरो विद्यार्थी जीवनमा नयाँ जिम्मेवारी पाएको पनि महसुस गरेको उनले बताइन । उनले भनिन अबको दिनमा मैले यो भन्दा अझ राम्रो प्रगती गर्दै यो सम्मानको इज्जत राख्ने प्रतिवद्ध गरिन । प्ररणदायी शिक्षक वर्ग र विद्यालय व्यवस्थापनको कारणले पनि हामि यो सम्मानको लागी काबिल बनेको उनको भनाइ थियो ।

समिटको यात्रालाई अन्त्य गर्दै नयाँ यात्राको थलानीको लागी तयारी रहेको हामिलाई यस विद्यालयले सम्मान गरेर बाँकी यात्राको लागी सहज बनाइदिएको सृजनशील विद्यार्थी सम्मानबाट सम्मानित विद्यार्थी आशिष विश्वकर्माले बताए । यस विद्यालयले हामिलाई आफुभित्र लुकेको प्रतिभा देखाउने स्थान दिएको र पढाइ तथा अतिरिक्त क्रियाकलापको लागी अनुकुल वातावरण प्रदान गरेको कारण पनि यो सम्मानको आफु काबिल बनेको उनको भनाइ थियो । पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा बढी सहभागी हुने उनले बताए । त्यसै गरेर सम्मानित भएकोमा खुशी व्यक्त गर्दै बहुमुखी प्रतिभाशाली विद्यार्थी सम्मानबाट सम्मानित विद्यार्थी मिनिषा राई बताउँछिन, विद्यार्थी जीवन मै सबै भन्दा ठुलो उपलब्धी पाएको छु । यो सम्मानको लागी विद्यालयले आफुलाई सम्झिएकोमा विद्यालयप्रति सदा कृतज्ञ व्यक्त समेत गरेकी मिनिषाले यस विद्यालयको विद्यार्थी जीवनमा हिँड्न मात्र नभएर सहि र गलत बाटो छुट्याउन सिकाएको दावी गरिन । पढाइ त सबै विद्यालयमा हुन्छन होला समिट भन्दा पनि अब्बल तथापी समिटले जो विद्यार्थीको मनोभावनालाई बुझेर अतिरिक्त क्रियाकलापलाई यतिको ठाउँ दिएको छ सायदै नहोला धरानमा यस्तो विद्यालय । अतिरिक्त क्रियाकलापमा निकै नै रुचि राख्ने मिनिषा विषेश गरेर भलिवल खेल्न, गाउन र नाच्नमा बढी भाग लिने बताउँछिन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट