होम पेज » अन्य » नेपालमै पहिलो पल्ट प्लस टुमा मेघा कलेजले खाद्य प्रविधिको पठनपाठन गराउने

असार ०५, २०७८ – धरान स्थित मेघा कलेजले यो शैक्षिक सत्र देखि प्लस टु सञ्चालनमा ल्याउने भएको छ । नेपालको शिक्षा निति अनुसार कक्षा १ देखि १२ सम्म एउटै विद्यालयमा सञ्चालनमा गर्नुपर्ने नितिलाई अवलम्बन गर्दै यो शैक्षिक सत्रबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

गत शैक्षिक सत्र सम्म कक्षा १० सम्म र व्याचलर तह सञ्चालन गर्दै आएको मेघा कलेजले यस वर्षबाट नेपाल मै नयाँ विषयमा कक्षा ११ र १२ सञ्चालनमा ल्याउँदैछ । मेघाले यस सत्रबाट विज्ञान संकाय र व्यवस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ । विज्ञान संकाय अन्तर्गत नेपाल मै पहिलो पल्ट खाद्य प्रविधि तथा पोषण विज्ञानको पठनपाठन सुरु गर्ने भएको छ । त्यसै गरेर व्यवस्थापन तर्फ होटल मेनेजमेण्ट पनि पठनपाठन गराउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे जनाएका छन ।

नेपालमा व्याचलर तहमा मात्र खाद्य प्रविधि र पोषण विज्ञान पठनपाठन भैरहेको छ । यो अवस्थामा ११ र १२ कक्षामा यो विषयको पठपाठन हुँदा विद्यार्थीहरु विद्यालय तह बाटै व्यवाहारिक शिक्षबाट लाभान्वित हुँदै आत्मानिर्भर हुने डाइरेक्टर घिमिरेले बताए । ब्याचलरमा पढाइ हुने विषयलाई ११ र १२ कक्षामा विद्यार्थीहरुले आधारभुत ज्ञान प्राप्त गर्न सक्ने छन । यो विषयमा १२ पास गरेपछि ती विद्यार्थीले खाद्य प्रविधि र पोषण विज्ञान सम्बन्धी व्यवसाय सञ्चालन गर्नुका साथै खाद्य उद्योग तथा हस्पिटलमा रोजगारको लागी दक्ष बन्ने उनले बताए ।

नयाँ विषय ल्याउन चुनौती भएता पनि उक्त विषयको पठनपाठन गराउन पुर्ण रुपमा तयारी भएको घिमिरेले बताए । नयाँ विषय सञ्चालनमा ल्याउँदा विषेश गरेर प्राध्यापकहरुकै समस्या हो तर मेघालाई प्राध्यापकको सवालमा तेस्तो ठुलो चुनौती नभएको उनले बताए । उनले बताए अनुसार धरानकै विभिन्न प्रतिष्ठित शैक्षिक संस्थामा आवद्ध रहेर प्राध्यापन गर्दै आएका दक्ष प्राध्यापकहरुबाट प्राध्यानपन गराउने तयारी गरिएको छ । त्यसै गरेर आवश्यक प्रयोगशालाहरु पनि निर्माण सम्पन्न भएको बताए । विज्ञान प्रविधि विषय उच्च शिक्षामा पहिलो पल्ट ल्याउन तयारी गरेको मेघा कलेजलाई प्रयोगशालामा समस्या देखिएको थियो त्यो ३८ देखि ४२ लाख बराबरको लागतमा तयारी भैसकेको उनले बताए ।

त्यसै गरेर विज्ञान संकाय अन्तर्गत कम्प्युटर विज्ञान पनि सञ्चालनमा ल्याउने उनले बताए । यसको लागी आवश्यक भौतिक संरचना तयार भैसकेको डाइरेक्टर घिमिरेले बताए । यसका साथै होटल मेनेजमेण्टको लागी आवश्यक प्रयोगशाला किचन सबै तयार हुने क्रममा छ जसरि पनि यो सत्रका विद्यार्थीहरुलाई उक्त सुविधाबाट बन्चित नहुने उनले बताए ।

कलेजको सम्पुर्ण भौतिक संरचनाहरु दिर्घकालिन भएको डाइरेक्टर घिमिरेले बताएका छन । उनले भने कलेजको योजना ११ र १२ कक्षा मात्र हैन भोलीको समयमा विश्वविद्यालय तहको लागी काठमाण्डौ केन्द्रित विद्यार्थीहरुलाई धरानमा शिक्षा प्रदान गर्ने योजना हो । मेघा केलेजलाई धरानको नमुना कलेजको रुपमा उभ्याउँदै पुर्वी नेपाको शैक्षिक क्षेत्रको बलियो आधार बन्ने योजना भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु