होम पेज » अन्य » थप २ हजार १६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त

असार १२, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ४ हजार ७ सय ४ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा १ हजार १ सय ७४ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ४ हजार ८ सय ६ जनाकाे एन्टिजिन परीक्षण गर्दा ८ सय ४२ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ३० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ९ सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु