होम पेज » अन्य » थप १ हजार ९ सय २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि

असार १३, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ६ हजार जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा १ हजार ३ सय ५३ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ३ हजार ८ सय ३८ जनाकाे एन्टिजिन परीक्षण गर्दा ५ सय ६७ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ९२ दशमलव २ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु