होम पेज » अन्य » थप २ हजार २ सय ३९ जनामा काेराेना संक्रमण पुष्टि

थप १ हजार ३ सय १६ जना संक्रमणमुक्त, २० जनाले संक्रमणबाट ज्यान गुमाए

असार २५, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे सँगै देशभर काेराेना भाइरस संक्रमित हुनेकाे कुल संख्या ६ लाख ५९ हजार ८८ जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ६ हजार ६ सय ५७ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा १ हजार ४ सय ७९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ४ हजार ६ सय ५६ जनाकाे एन्टिजिन परीक्षण गर्दा ७ सय ६० जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा २० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ३ सय ४० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । हाल सम्म काेराेना संक्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख १६ हजार ९ सय २९ जना पुगेकाे मन्त्रालयले जानकारि दिएकाे छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट