होम पेज » अन्य » थप २ हजार ३ सय ९८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि

पिछल्लाे २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएसँगै १२ जनाले ज्यान गुमाएका छन

असार २९, २०७८ – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारि दिए अनुसार देशभर ७ हजार ५८ जनाको पीसीआर विधिबाट नमुना परिक्षण गर्दा १ हजार ६ सय ३९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै ३ हजार ३ सय ९८ जनाकाे एन्टिजिन परीक्षण गर्दा ७ सय ५९ जनामा संक्रमण देखिएकाे हाे ।

यसैगरि मन्त्रालयले सार्वजानिक गरेको तथ्याङ्रक अनुसार पछिल्लो २४ घण्टामा १२ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारि दिएको छ । हाल सम्म काेराेना संक्रमणमुक्त हुनेकाे कुल संख्या ६ लाख २३ हजार १ सय ५ जना पुगेकाे मन्त्रालयले जानकारि दिएकाे छ । मन्त्रालयले देखाएकाे आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेकाे दर ९४ दशमलव ६ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु