होम पेज » फाेटाे फिचर » आज पनि धरानमा सरकार विरुद्ध प्रदर्शनी

जेठ ३१, २०७७ – आज प्रतिनिधि सभाको बैठकले संविधान दोश्रो संशोधन पारित गर्दैछ । यो नेपाल र नेपालीको लागी पक्कै सुखद अनि खुशीको कुरा हो । तर देशभर आज पनि आन्दोलन भएको छ । आज विहान १० वजे धरानमा पनि स्वतस्फुर्त आन्दोलनमा सहभागी जनाउने युवा युवतीहरुको भिड थियो ।

उनिहरुले सरका विरुद्धको प्लेकार्डमा महामारी भन्दा भोकमारी घातक भो, सरकार नक्सा हैन देश बनाउ, जनता सबै किड्नीमा बजेट सबै किड्नीमा, पिसिआर १००% गर, अव्यवस्थित क्वारेन्टाइन खारेज गर जस्ता विभिन्न प्लेकार्ड प्रदर्शन गरिएको थियो । यसका साथै अन्य विभिन्न सरकार विरुद्धको प्लेकार्डहरु देखिएका थिए ।

कोरोना भाइरस नियन्त्रणको नाममा अरबौ भ्रष्ट्रचार गरेको भन्दै आन्दोलन गरिएको हो । आज विहान धरानमा भएको शान्तिपुर्ण प्रदर्शनको फोटो फिचर ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट