होम पेज » फाेटाे फिचर » कोरोना महामारिकाे कारण शान्तिको कामना गर्ने धरानका गुम्बाहरु चकमन्न (फाेटाे फिचर)

असार ०१, २०७८ – अहिले सुनसान छ शान्तिको कामना गरिरहेका गुम्बाहरु । बासनादार धुपहरुको सुगन्ध पटक्कै छैनन । बास्तबमा अशान्त छ मुलुक तर यो शान्त स्वाभावको अशान्तलाई शान्त स्वभावमा शान्त हुन चुपचाप कामना गरेरहेछन यी गुम्बाहरु । भन्ने हो भने यो सिजन भनेको ध्वजा पताका र लुङदारले सजिएर नयाँ बेहुली बनेको हुनुपर्ने हो गुम्बाहरु । गुम्बाहरुबाट शान्तीको आवाज ओम माने पेद्मे हुँ गुञ्जिनु पर्ने हो । बुद्धम शरणम गच्छामीको भावना त्यसै पैदा हुनु पर्ने हो । तर यी सबै कुरा नपाउँदा गुम्बाहरु साँच्चै अशान्त पो लाग्दो रहेछ ।

हरेक वर्ष वुद्ध जयन्तीको अवसरमा गुम्बाहरु यसरी सिगांरिने गरिन्थ्यो तर यस वर्ष भने गुम्बाहरुमा नयाँ ध्वजा पताका र लुङदारहरु देखिएनन् अर्थात लगाइएनन । यस वर्ष यहि जेष्ठ १२ गते २५६५ औँ बुद्धजयन्ती परेको थियो । तर कोरोना भाइरस संक्रमणको महामारीको कारणले बुद्धजयन्ती सदा झैँ भब्यताका साथ मनाउन नपाएको बुद्धधर्मावलम्बीहरु बताउँछन । यो दिन हाम्रो विषेश पर्व हो तर कोरोना महामारिको कारणले मनाउन पाएनौ घरघरमा र गुम्बामा सिमित लामाहरुको उपस्थितिमा विधि पुर्याउने काम चाहिँ गरेको उनिहरु बताउँछन ।

अहिले देश तथा विदेश जताततै बुद्ध धर्मावलम्बिहरु आआफ्नो स्थान देखि शान्तीको कामना गरिरहेका छन । सिमित भिक्षु भिक्षुणी तथा लामा गुरु र गुरुमाहरुको उपस्थितिमा कोरोना महामारि अन्त्यको कामना गर्दै पाठ गर्न थालिएको धरान श्यामचौक स्थित ङाघ्युर ञिङ्मा ङ्युने लाखाङ गुम्बाका एक भिक्षुले बताए । जेठ १२ गते बुद्ध जयन्तीलाई अवसर पारेर बुद्ध जन्म थलो लुम्बिनीबाट उक्त कार्यको थलानी गरिएको भिक्षुको भनाइ छ ।

महामारिबाट मुक्त हुन रतन सुत्र पाठ गर्नुपने बौद्ध धर्मावलम्बिहरुको विश्वास छ । भगवान गौतम बुद्धले ज्ञान प्राप्त गरेको चौथो वर्षमा पानी नपरेर अनिकाल भई महामारि फैलिएर बैशालीमा हजारौ जीवजन्तु मरेका थिए । यो महामारिको बेला भगवान गौतम बुद्धले रातभर रतन सुत्र पाठ गरेपछि अर्को दिन बिहान घनघोर वर्षा भएको भिक्षुहरु बताउँछन । सोही विश्वासलाई आधार मानेर कोरोना महामारिले संसार अस्तव्यस्त छ छिटै नै यो अवस्थाबाट मुक्ति पाउने विश्वासमा बुद्ध जन्मथाले लुम्बिनीमा रतन सुत्र पाठ गरिएको बुद्धचौक स्थित गुरुङ गुम्बाका भिक्षु नरेश गुरुङ बताउँछन ।

यसरी धरानमा पनि विश्व शान्तिको कामना गर्दै उभिएका छन गुम्बाहरु । यो महामारि सुरु भएदेखि धरानका गुम्बाहरु पनि सुनसान छ, गुम्बाहरुमा सन्नाटा छाएको छ । गुम्बामा उपासी उपासीनीहरुको आगमन ठप्प रहेको लामा नरेशले बताए । महामारिको कारणले प्रत्यक्ष उपस्थितिमा मनाइने हाम्रो पर्वहरु भर्चुअलमा सिमित भएको उनले बताए । उनको भनाइ अनुसार बुद्ध जयन्ती र ल्होछारको समयमा देश विदेश देखि आउने पाहुनाहरु भने गत सालको लकडाउन देखि ठप्प रहेको छ । यसले गर्दा बौद्ध धर्मावलम्बिहरुको पर्यटन अवस्था पनि खच्किएको छ । उक्त अवसरमा बाहिरबाट आएका भिक्षु होस वा पर्यटक जो कोहि आए पनि राज्य आर्थिक रुपमा लाभान्वीत हुने गरेको थियो । नेपालको पर्यटन प्रवद्र्धनमा बौद्ध धर्मावलम्बिहरुको पनि केहि हिस्सा रहेको नरेश दावी गर्छन ।

(धरान उपमहानगरपालिका–नेपाल पत्रकार महासंघ सुनसरीको लेखनवृत्ति कार्यक्रम अन्तर्गत तयार गरिएको फाेटाे फिचर)

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु