होम पेज » राजनिति » नेपाली कांग्रेस धरानको श्याम पोखरेल प्यानलको उम्मेद्धारी घोषणा (भिडियोसहित)

भाद्र २६, २०७८ – हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा धरान उपमहानगर कार्य समितिको निर्वाचनको लागि श्यम पोखरेलको प्यानलले उम्मेद्धार घोषण गरेको छ । महत्वपुर्ण ७ पदको लागि उम्मेद्धार घोषणा गरेको यो प्यानल धरानको संस्थापन पक्ष हुन ।

श्याम पाेखरेल

धरान १५ स्थित होटल धरान किचनमा आज एक पत्रकार सम्मेलन गर्दै सो संस्थापन पक्षले उम्मेद्धारी घोषणा गरेको हो । सभापति उम्मेद्धार पोखरेल गत १३औँ महाधिवेशनबाट नेपाली कांग्रेसको निर्वाचित धरान नगर सचिव हुन । विद्यार्थीकाल देखि नै नेपाली कांग्रेसको राजनिती गरेका पोखरेलले १४औँ महाधिवेशनको चर्चा चलेसँगै उम्मेद्धारी घोषणा गरिसकेका थिए । उनको उम्मेद्धारलाई पार्टीले औपचारिक रुपमा भने आज उम्मेद्धार घोषणा गरेका हुन ।

नरेन्द्र राई (प्रविण)
सन्ताेष लिम्बु

संस्थापन पक्षको जित्ने दावी गर्ने श्याम पोखरेलको प्यानलमा नरेन्द्रकुमार राई (प्रविण) र सन्तोष लिम्बुले उपसभापति पदमा उम्मेद्धार घोषणा गरेका छन । उपसभापतिको लागी २ उम्मेद्धार राई र लिम्बु २०७४ सालको स्थानीय चुनावमा निर्वाचित वडाध्यक्ष हुन । राई धरान उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुन भने लिम्बु वडा नम्बर ५ का वडाध्यक्ष हुन । यसै गरेर २ सचिव पदमा हिमाल श्रेष्ठ र जितेन्द्र राईले उम्मेद्धारी घोषण गरेका छन । सचिवका लागी उम्मेद्धार राई विद्यार्थी राजनिति गर्दै पार्टीको राजनितिमा छन भने श्रेष्ठ तरुण दल धरानका सभापति हुन । यस्तै २ सहसचिव पदमा शिला बज्राचार्य र युनेस राना मगरले उम्मेद्धारी घोषणा गरेका छन । सहसचिव उम्मेद्धार बज्राचार्य महिला अधिकारकर्मी तथा समाजसेवी हुन भने अर्का उम्मेद्धार मगर लामो समय देखि विद्यार्थी राजनीति गर्दै आएका युवा हुन । नगर समितीको फर्मेशन अनुसार २ उपसभापति, २ सचिव र २ सहसचिव रहने व्यवस्था छ ।

संस्थापन पक्षको उम्मेद्धार नेपाली कांग्रेस सभापति तथा धरान उपमहानगरपालिका मेयर तिलक राईले उम्मेद्धारहरुको नाम घोषण गरेका थिए । उम्मेद्धारहरुलाई प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, महासमिति सदस्य पर्वत राई, उमेश थापालगायतले फुल माला, खदा लगाएर शुभकामना दिएका थिए । उम्मेद्धार घोषणा भेलालाई सम्बोधन गर्दै सभापति तथा मेयर राईले आफ्नो उत्तराधिकारीको रुपमा युवाहरुलाई नेपाली कांग्रेसमा ल्याएको धारणा व्यक्त गरेका थिए । नेपाली राजनितिमा अब युवाहरुलाई नेतृतवमा ल्याउन आवश्यक देखिएकोेले नेपाली कांग्रेस धरानले युवाहरुलाई नेतृत्वमा ल्याएको मेयर राईले बताए ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट