होम पेज » राजनिति » दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ मा दोश्रो पटक ताल बन्दि

भाद्र २८, २०७८ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको वडा कार्यालयमा ताला बन्दि गरिएको छ । यस वडा कार्यालयमा ताला बन्द गरिएको यो दोश्रो पटक हो ।

वडावासीहरुले असहमति जनाउँदा–जनाउँदै वडा कार्यालय भवन अपायक पर्ने ठाउँमा बनाइएको भन्दै तालाबन्दि गरिएको हो । वडा कार्यालयको लागी भनेर एउटा प्लट जग्गा देखाएर दुई ठाउँमा जग्गा वडा कार्यालयको नाममा पास गरी जनतालाई ढाँट्ने छल्ने काम गरिएको आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयवासीले आज सोमबार वडा कार्यालयमा ताला लगाएका हुन । जनता सामाजवादी पार्टी (जसपा) का जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेस वडा सभापति पदम पुरी र नेकपा (माओवादी केन्द्र) वडा कमिटि अध्यक्ष सप्तमनि राईको लगायतका राजनितिक नेतृत्वको साथमा असन्तुष्ट स्थानीयवासीले कर्मचारीलाई बाहिर निकालेर वडा कार्यालयमा ताला लगाएको हुन ।

सोल्माको होस्मा टोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा कार्यालयलाई डाँडागाउँमा रहेको बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सारिएपछि विवाद सुरु भएको हो । गत बैशाख २८ गते वडा कार्यालय सार्ने क्रममा पनि स्थानीयवासीले अवरोध गरेका थिए । भवन निर्माण भएको जग्गा साढे ३ रोपनी छ । त्यसबाहेक झण्डै तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको स्थानीयवासीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट