होम पेज » राजनिति » नेपाली कांग्रेस धरान नगर समितिमा कमला रुचाललाई सह–सचिव पदमा दलित संघको सहयोग

भाद्र २९, २०७८ – नेपाल राजनीति घटना परिघटना अहिले निकै नै पेचिलो बन्दै गएको अवस्थामा नेपाली कांग्रेसलाई भने महाधिवेशको चटारो छ । हाल सम्म वडा स्तरिय अधिवेशन सम्पन्न भई क्षेत्रीय प्रतिनिधिहरु भटाभट आफ्नो उम्मेद्धार घोषण गर्न थालेका छन । यसै सन्दर्भमा धरान उपमहानगरपालिकामा पनि नेपाली कांग्रेस नगर समितिको लागि पनि विभिन्न पदका प्रत्यासीहरु आफ्नो उम्मेद्धार घोषण गर्न थालेका छ ।

नेपाली कांग्रेस धरान उपमहानगर समितिको लागि पनि २ खेमामा रहेर उम्मेद्धार घोषणा भइरहेको छ । भर्खरै संस्थापन पक्ष दावि गर्ने श्याम पोखरेलको प्यानलले उम्मेद्धार घोषणा गरेको छ । त्यसै गरेर अर्को खेमा किशोर राईको प्यानलको भने उम्मेद्धार घोषण हुन बाँकी छ । आज सोही प्यानलबाट कमला रुचालले सह–सचिव पदमा आफुलाई प्रत्यासीको रुपमा उभ्याएकी छन । नेपाल दलित संघले आज एक हस्तलिखित विज्ञप्ती जारि गर्दै किशोर राई प्यानलबाट सह–सचिव पदको लागि उम्मेद्धार कमला रुचाल रहेको जनाएको छ । सबै जात, धर्म, लिङ्ग, महिला, जनजाति, दलितहरुको सामुहिक, समावेशी चरित्रको उम्मेद्धारहरुले संविधानको मुलभुत अन्तर विषय बस्तुलाई समेत अङ्गिकार गर्न सफल भएको संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसै गरेर आज संघको नगर समितिको आयोजना र जिल्ला तथा केन्द्रिय समितिको प्रतिनिधिहरुको उपस्थितिमा धरानको २० वटै वडाका नव निर्वाचित दलित क्षेत्रीय प्रतिनिधिहरुको भेललाले कमला रुचाललाई सह–सचिवको पदमा सहयोग गर्ने निर्णय गरेको छ । संघको नगर अध्यक्ष गणेश परियार, जिल्ला सचिव विजय अछामी, केन्द्रिय सदस्य गोविन्द दर्नाल, नेपाल महिला संघ केन्द्रिय विभाग सचिव लक्ष्मी खतीवडा लगायतका नेताहरुको उपस्थितीमा भएको भेलाले उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट