होम पेज » राजनिति » कांग्रेसको स्थागित भएको ७ जिल्लामा आज वडा अधिवेशन हुने, १३ जिल्लामा क्रियाशिल सदस्यको विवाद मिलेन

वडा अधिवेशन गर्ने भिनिए पनि मोरङमा सुनिल थापा पक्ष पुग्यो अदालत

आश्विन ०५, २०७८ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत स्थगित भएको विभिन्न जिल्ला मध्ये सात जिल्लाको वडा अधिबेशन आज हुँदैछ ।

काडमाण्डौ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा र मोरङमाम आज वडा अधिबेशन हुन लागेको हो । तर मोरङमा आज वडा अधिबेशन हुने भनिएपनि सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माँग राख्दै अदालतमा रिट दिएको छ । गत भदौ १८ गते देशभरको सबै वडामा एकैदिन अभिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा भने अझ पनि क्रियाशिल सदस्यको सवालमा विवाद कायमै छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसको असोज ९ गते हुने तयारीमा रहेको गाउँ, नगर अधिवेशन प्रभावित हुने देखिएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ, नगर अधिवेशनका मतदाता हुने व्यवस्था छ । कांग्रेसले केन्द्रिय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा गर्ने तयारी गरेको छ । तर आज ७ जिल्लाको वडा अधिवेशनको तयारी रहँदा पनि मोरङमा अझ असन्तुष्ट पक्ष देखिएका छन भने १३ जिल्लामा अझ क्रियाशिल सदस्यको विवाद मिल्न सकेको छैन । यो विवाद नमिलेको खण्डमा यहि ९ गते हुन लागेको अधिवेशन प्रभावित बन्छ भने यसले केन्द्रिय महाधिवेशनमा पनि असर गर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट