होम पेज » राजनिति » नेपाली कांग्रेस धरान नगर समितिमा ५० प्रतिशत महिलाको सहभागीता हुने – रुकमणी गौतम (कोपिला)

अश्विन ०५, २०७८ – नेपाली कांग्रेस धरान उपमहानगर समितिका प्रत्यासी किशोर राई प्यानलले ५० प्रतिशत महिलालाई सहभागीता गराउने बताएका छन ।

आज वडा नम्बर ३ मा कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधि भेटघाट कार्यक्रममा महिलालाई ५० प्रतिशत सहभागी गराउने जनाएका हुन । महिलाहरुलाई समान सहभागीताको कुरा गर्दै गर्दा महिलाहरु सभाको सोभाको रुपमा मात्र र सेरेमोनियलको रुपमा मात्र अगाडी बढाएको सचिव पदको उम्मेद्धार रुकमणी गौतम (कोपिला) ले बताइन । भेलालाई सम्बोधन गर्ने क्रममा उनले भनिन अब महिलाहरुपनि कार्यकारि पदमा सक्षम भएको स्पष्ट पार्दै महिलाहरुको सहभागीताको नाममा अधिकार विहिन पदमा मात्र सिमित नगराउन आग्रह गरिन । संविधानले दिएको समावेशी सहभागीता सहितको टिम तयार पारेर धरानको कांग्रेसको नेतृत्व गर्ने जमर्कोमा किशोर राई प्यानल आएको उनले बताइन । हरेक जाति, भुगोल सबैलाई समेटेर किशोर राई काम गर्न किशोर राई आएको र यो मौका दिन सबैलाई आग्रह गरिन ।

यसै क्रममा नेपाली कांग्रेस धरान उपमहानगर समितिमा ५० प्रतिशत महिलाको सहभागीता हुने किशोर राई प्यानलले घोषण गरेको छ । हाल ३३ प्रतिशत महिलाको सहभागीतामा उम्मेद्धारी दिएको दावि गर्दै अधिवेशनबाट निर्वाचित भइ नेतृत्वमा आएपछि बाँकी महिलालाई सहभागीता गराई ५० प्रतिशत पुरा गर्ने बताए । महिला, दलित, आदिवासी जनाजाती र पिछडिएको समुदायलाई समेटेर धरानको नेपाली कांग्रेसको नगर समिति समावेशी बनाउन किशोर राईको प्यानललाई जिताउन सचिव उम्मेद्धार गौतमले अग्रह गरिन ।

प्रतिकृया दिनुहोस्

नियमित पोष्टहरु

ताजा अपडेट